Volume 5 Issue 2 - Lokdarpan
- Pandit Shree Loknath Luitel
- April 25, 2026
- Lokadarpan Volume 5 Issue 2
Share on FacebookTweetSave
स्वस्तिवाचन (मङ्गलकामना)
हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।
सम्पादकीय
अनुसन्धान कार्य गम्भीर अध्ययन, बोध, अभिरुचि र जिज्ञासा विना नहुँदो रहेछ। अभिरुचि भए तापनि उपयुक्त वातावरण भएन भने अनुसन्धान कार्यले पूर्णता नपाउँदो रहेछ भन्ने उदाहरणहरू देखिन्छन्। लोकदर्पण जर्नल (पत्रिका) अनुसन्धाताज्यूहरूका लागि साझा प्राज्ञिक मञ्च हो।
नेपाल र भारतबाट सम्पन्न भएका पाणिनीय व्याकरणका अनुसन्धानहरूमा समानता र भिन्नता
पाणिनीय व्याकरणमा आधारित नेपालका स्नातकोत्तर तहका ५४, विद्यावारिधि तहका १८ र भारतका विद्यावारिधि तहका ७६ वटा प्रतिनिधिमूलक अनुसन्धानमूलक सामग्री सङ्कलन गरेर नेपालका स्नातकोत्तर तहका तथा नेपाल र भारतका विद्यावारिधि तहका अनुसन्धान गरी तीन प्रकारमा वर्गीकरण गरेर तिनका बिचमा तुलनात्मक अध्ययन एवं विश्लेषण गरिएको छ।
नागेश भट्टको व्यक्तित्व र कृतित्व
प्रस्तुत लेख नागेश भट्टको देश काल र कृतिमा आधारित रहेर जीवनवृत्तको गहिरोसँग अध्ययन गरी दृष्टान्तका रूपमा मानव जीवनको रहस्यमय खोजमा केन्द्रित रहेको छ। शिव भट्ट तथा सतीदेवीका सुपुत्र महावैयाकरण भट्ट नागेशको जन्म तथा समयका बारेमा इदमित्थम् गर्न सकिने अवस्था छैन तथापि विभिन्न किंवदन्ती, कतिपय शिलालेख तथा विद्वान्हरूको भनाइका आधारमा उनको जन्म १७३१ भारतको महाराष्ट्रमा ऋग्वेदी ब्राह्मणका कुलमा भएको थियो।
मृत्युवञ्चनोपदेश ग्रन्थको प्रथम परिच्छेदमा वर्णित मृत्युसमय निर्धारक तत्त्वहरूको विश्लेषण
यस शोधलेखमा काठमाडौँस्थित राष्ट्रिय अभिलेखालयमा संरक्षित, दशौँ/एघारौँ शताब्दीका विद्वान् भिक्षु वागीश्वरकीर्तिद्वारा रचित ‘मृत्युवञ्चनोपदेश’ नामक प्राचीन बौद्ध पाण्डुलिपिको प्रथम परिच्छेदमा वर्णित मृत्युसमय निर्धारणका लक्षणहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ। गुणात्मक शोध ढाँचा अन्तर्गत विषयवस्तु विश्लेषण विधि अपनाइएको छ।
कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिको परीक्षण
प्रस्तुत अध्ययन कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइ उपलब्धिको परीक्षणमा अधारित रहेको छ। यस अध्ययनमा कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सिकाइमा पठनबोध, शब्दभण्डार, वाक्यनिर्माण, वर्णविन्यास, पदवर्ग पहिचान र वाक्य परिवर्तनमा भाषिक क्षमताको विश्लेषण गर्ने उद्देश्य लिइएको छ।
प्राकृत भाषाको वैशिष्ट्य
यस अनुसन्धानात्मक लेखमा प्राकृत भाषाको परिचय, विशेषता र विकासक्रमलाई देखाइएको छ। प्राचीन कालदेखि नै जनमानसको प्रत्यक्ष बोलीका रूपमा व्यवहार हुँदै आएको प्राकृत भाषाको विकास वैदिक संहिताबाट अप्रत्यक्ष रूपमा भएको पाइन्छ। तत्कालीन सामाजिक व्यवस्थाले गर्दा वर्ग र आर्थिक सामाजिक हिसाबले भाषिक प्रयोगको अवस्था समाजमा विद्यमान रहेका अनेक प्रमाण उपलब्ध हुन्छन्।
रसवदाद्यलङ्काराणामनुशीलनम्
प्रस्तुते लेखे रसवदाद्यलङ्काराणां विषये विवेचनं कृतमस्ति। प्राचीनाचार्याणां रसवदाद्यलङ्कारविषयको विचारश्चात्र समाविष्टो वर्तते। रसो यत्र रसस्य भावस्य वाऽङ्गत्वेन समागच्छति, तत्र रसवन्नामालङ्कारः। रसवदाद्यलङ्काराणामुद्भावनम् अलङ्कारवादिभिः प्राचीनैराचार्यैः विहितमस्ति। ध्वनिवादिभिराचार्यैरप्यस्य विषये विशदं विश्लेषणं कृतं दृश्यते।