Volume 4 Issue 2 - Lokdarpan
- Pandit Shree Loknath Luitel
- April 25, 2025
- Lokadarpan Volume 4 Issue 2
Share on FacebookTweetSave
स्वस्तिवाचन (मङ्गलकामना)
हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।
सम्पादकीय
पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले अर्धवार्षिक रूपमा प्रकाशित गर्दै आएको पत्रिका लोकदर्पणको प्रकाशन पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसको प्रकाशनका क्रममा देखिएका विभिन्न समस्याहरूलाई यथासम्भव समाधान गर्दै हामी अगाडि बढिरहेका छौँ ।
एउटा बूढो बकैनाको रुख कथामा समाख्यानशास्त्र
प्रस्तुत आलेख कथाकार रमेश विकलद्वारा संरचित कथासङ्ग्रह एउटा बूढो भायोलिन आशाबरीको धूनमा (२०२५) मा सङ्ग्रृहित ‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्यानको स्थितिको खोजी गर्नमा केन्द्रित रही पूरा गरिएको छ। विकलका कथामा आउने समस्यामूलक यथार्थ र प्रतीकात्मक कथनको विशिष्टतामा आधारित रही एउटा बूढो बकैनाको रुख कथामा प्रयुक्त वाच्यत्वको विश्लेषण गरिएको छ।
मनुष्यको स्वाभाविक आहार
संसारको विविध सृष्टिमा विभिन्न प्राणीहरू आ-आफ्नो कर्मअनुसार भिन्न-भिन्न स्वरूप र गुणहरूका साथमा र्इश्वरद्वारा सिर्जित हुन्छन्। तीमध्ये मनुष्य सर्वश्रेष्ठ मानिएको प्राणी हो। जीवहरूको सृष्टिसँगै उनीहरूको जीविकोपार्जनको उपाय पनि सृष्टिकर्ताद्वारा निर्धारित हुने कुरा शास्त्रहरू र व्यवहारद्वारा पनि सिद्ध नै छ।
नेपाली डायस्पोराको जीवनबोध : यमपुरीको महल
(वर्तमान नेपाली जीवन विश्वव्यापीकरण तथा भूमण्डलीकरणका कारण विभिन्न ठाउँमा फैलिएको छ। अध्ययन, व्यापार, नोकरी, भ्रमण आदि प्रयोजनमा छरिएका नेपालीका आप्रवासनमा अनेकौँ भोगाइहरू छन्। यी कथाव्यथाहरू नेपाली साहित्यमा उत्रन थालेका छन्। तिनले भोगेका शारीरिक, मानसिक तथा आत्मिक सुखदुःखलाई समेटी होमनाथ सुवेदीले यमपुरीको महल उपन्यास तयार पारेका छन्।
‘कठपुतलीको मन’ कथामा लैङ्गिकता
प्रस्तुत लेखमा कथाकार इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ कथालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त लैङ्गिकताको अध्ययन र विश्लेषण गरिएको छ। प्रस्तुत कथाले पितृसत्तात्मक समाजव्यवस्था र लैङ्गिकताका आधारमा गरिएको शोषण, दमन, अन्याय, अत्याचारलाई समेटेको छ।
न्याय–बौद्धदर्शनाभिमतानुमानप्रमाणस्य तुलनात्मकं विश्लेषणम्
अनुमानप्रमाणं चार्वाकदर्शनातिरिक्तसर्वदर्शनसम्मतम्। न्यायदर्शनेन बौद्धदर्शनेन च प्रमेयज्ञानाय अनुमानप्रमाणस्य प्राधान्येन अङ्गीकारः कृतोऽस्ति। यद्यपि प्रत्यक्षप्रमाणस्य प्राधान्यमिति प्रायः वदन्ति, तथापि अतीन्द्रियवस्तूनां सिद्धये अनुमानस्यैव आवश्यकत्वात्, प्रत्यक्षानुभूतस्यापि क्वचित् हेतुसाध्यत्वाच्च अनुमानस्य प्राधान्यमपि सर्वसम्मतमेव।