Volume 3 Issue 2 - Lokdarpan
- Pandit Shree Loknath Luitel
- April 25, 2024
- Lokadarpan Volume 3 Issue 2
Share on FacebookTweetSave
स्वस्तिवाचन (मङ्गलकामना)
हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।
सम्पादकीय
दोस्रो विश्वयुद्धको अन्त्यसँगै बेलायतीहरूले भारत छोडेपछि अनुसन्धानमूलक लेखनशैलीका लागि अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA), मोडर्न ल्याङ्ग्वेज एसोसिएन (MLA) र युनिभर्सिटी अफ सिकागो गरी तीन पद्धतिहरूको प्रचलन संसारभरि नै बढेको छ र यसको प्रभाव नेपाल र नेपालीहरूको माध्यम भाषाका रूपमा रहेको नेपाली, संस्कृतलगायत देवनागरी लिपिमा लेखिने जुनसुकै भाषामा पनि परेको छ।
दर्शनशास्त्रमा प्रतिपादित कथाको स्वरूप र त्यसको उपयोगिता
प्रस्तुत लेखमा दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई भिन्न-भिन्न दार्शनिकहरूले के-कसरी प्रतिपादन गरेका छन् ? त्यसको वास्तविक स्वरूप के हो ? लोकमा यसको उपयोगिता के छ ? भन्ने सन्दर्भलाई लिएर दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई विविध कोणबाट हेर्दै त्यसको उपयोगिताको चिन्तन यस आलेखमा गरिएको छ।
दर्शनशास्त्रमा प्रतिपादित कथाको स्वरूप र त्यसको उपयोगिता
प्रस्तुत लेखमा दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई भिन्न-भिन्न दार्शनिकहरूले के-कसरी प्रतिपादन गरेका छन् ? त्यसको वास्तविक स्वरूप के हो ? लोकमा यसको उपयोगिता के छ ? भन्ने सन्दर्भलाई लिएर दर्शनशास्त्रमा प्रसिद्ध कथाको स्वरूपलाई विविध कोणबाट हेर्दै त्यसको उपयोगिताको चिन्तन यस आलेखमा गरिएको छ।
भानुभक्तीय रामायणमा अद्वैत वेदान्तदर्शन
यस अध्ययनमा भानुभक्तको रामायणमा अद्वैत वेदान्तदर्शनले पारेको प्रभावको विश्लेषण गरिएको छ। यस आलेखमा समग्र रामायणमा वेदान्त दर्शनले कसरी प्रभाव पारेको छ र रामायणले अद्वैतमार्गको बारेमा के कसरी व्याख्या गरेको छ भन्ने विषयलाई प्रमुख उद्देश्य बनाइएको छ।
चार्वाक दर्शन र यसले देखाएको बाटो
भारतीय दर्शनहरू सामान्यतया दुई वर्गहरूमध्ये एउटामा पर्दछन्- आस्तिक वा नास्तिक । ईश्वरमा आस्था राख्नेहरूलाई आस्तिक भनिन्छ भने आस्था नराख्नेहरू नास्तिक हुन्। आस्तिकहरूले स्वर्ग, नर्क, र पुनर्जन्ममा समेत विश्वास गर्दछन् तर नास्तिकहरूले भने गर्दैनन्।
कालमानहरूको अध्ययन
यो आलेख विशेषतः कालमानहरूको अध्ययनमा केन्द्रित रहेको छ। यस अनुसन्धानात्मक लेखमा कालको व्युत्पत्ति प्रदर्शनपूर्वक यसका अर्थहरूमाथि प्रकाश पारिएको छ। यस लेखमा कालको परिचय प्रस्तुत गर्दै कालप्रवृत्तिका सम्बन्धमा विवेचना गरिएको छ भने काल भेदका विषयमा विवेचन गर्ने क्रममा दुई भागमा विभक्त कालका मूर्त र अमूर्त स्वरूपलाई प्रष्ट पारी कालमानहरूको विश्लेषण गरिएको छ।
साधारणीकरणविरेचनसिद्धान्तयोः साम्यवैषम्यविमर्शः
विश्वस्मिन् विश्वे विशिष्टगुणयुतानां सर्वेषां मानवानां चिन्तनसामर्थ्यमन्यूनमनतिरिक्तं विद्यते। पाश्चात्त्यकाव्यचिन्तनपरम्परायां यानि तत्त्वानि विवेचितानि सन्ति, तानि प्रायशः प्राच्यसमालोचनपरम्परायां प्राचीनकालादेव विवेचनविषयीभूतानि दृश्यन्ते।
भासर्वज्ञस्य त्रिप्रमाणवादः
न्यायसारग्रन्थः भासर्वज्ञस्य रचना वर्तते। परिच्छेदात्मकन्यायसारे ग्रन्थे प्रमाणानां निरुपणं पार्थक्याङ्गीकरणञ्च भासर्वज्ञेन न्यायसूत्रोपदेशकगौतमस्य पारम्परिकन्यायदर्शनप्रणाल्याः पृथक् कृतमिति दृश्यते। प्रत्यक्षानुमानोपमानशब्दाश्चेति चत्वारि प्रमाणानि न्यायसूत्रे निरुपितानि।