बहुविषयात्मक, अनुसन्धानमूलक, विज्ञसमीक्षित लोकदर्पण पत्रिकाको लोकार्पण तथा देवनागरी लिपिमा लेखिने अनुसन्धान शैलीको अवधारणा पत्रको प्रस्तुतिरूप अनुसन्धान गोष्ठी सम्पन्न
२०८० श्रावण ३१ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडैामा पं. श्रीलोनाथ लुइटेल स्मृतिप्रतिष्ठानले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूको प्रमुख आतिथ्य, प्रा.डा. माधव प्रसाद पोखरेल, प्रा.डा. गोविन्दराज भट्टराइ, त्रि.वि. का शिक्षाध्यक्ष, त्रि वि अनुसन्धान निर्देशनालयका निर्देशकलगायत विशिष्ट अतिथिहरूको सान्निध्य, विभिन्न क्याम्पसहरूका प्राध्यापकज्यूहरू, अनुसन्धाताहरूको सहभागितामा प्रतिष्ठानद्वारा अर्धवार्षिक रूपमा प्रकाशित हुँदै गरेको बहुविषयात्मक, अनुसन्धानमूलक, विज्ञसमीक्षित लोकदर्पण पत्रिकाको लोकार्पण तथा देवनागरी लिपिमा लेखिने नेपाली, संस्कृतादि भाषाहरूमा गरिने अनुसन्धानका लागि उपयोगी हुने मैालिक अनुसन्धान विधिको तयारीका लागि प्रयत्नस्वरूप प्रतिष्ठानद्वारा गठन गरिएको अनुसन्धान शैली निर्माण उपसमितिका संयोजक डा. यज्ञेश्वर निरैालाद्वारा तयार गरिएको अनुसन्धान शैलीको अवधारणा पत्रको प्रस्तुतिरूप अनुसन्धान गोष्ठी सम्पन्न भएको छ।