lokdarpana Journal Policy

अनुसन्धानात्मक लेखसम्बन्धी नीति :

पण्डित श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान/लोकदर्पण जर्नलका लागि निम्नलिखित प्रकाशन नीतिभित्र रही अनुसन्धानमूलक लेख पठाउनुहुन लेखकहरूलाई अनुरोध छ –

१. लेख ३००० हजारदेखि ५००० हजार शब्दसम्मको हुनुपर्ने छ ।

२. लेख नेपाली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशन गरिने छ ।

३. नेपाली, संस्कृत र हिन्दी भाषाको लेख युनिकोड- kokila फन्टको १५ वा १६ आकारमा र अङ्ग्रेजी भाषाको लेख Times New Roman फन्टको १२ आकारमा A-४ आकारको पृष्ठमा चारैतिर एक इञ्च खाली छाडी MS Word File  मा शुद्ध भाषामा टाइप गरी पठाउनुपर्ने छ ।

४. हस्तलिखित लेखलार्इ स्वीकार गरिने छैन ।

५. लेख पहिले कुनै जर्नल वा पत्रिकामा प्रकाशन नभएको हुनुपर्ने छ ।

६. लेख तोकिएको मितिमा इमेल ठेगानामा पठाउनुपर्ने छ । म्याद नाघी आएको लेख स्वीकार्य हुने छैन ।

७. नेपाली, संस्कृत र हिन्दी भाषाको लेख निर्दष्ट लेखनढाँचाअनुसार हुनेपर्ने छ । अङ्ग्रेजी भाषाको लेख American Psychological Association (APA) सातौँ संस्करणको लेखनढाँचाअनुसार हुनुपर्ने छ ।

८. प्रत्येक अनुच्छेदको पहिलो पङ्क्ति टाइपनियमअनुसार Indented (केही भित्रबाट सुरु गरिएको) हुनुपर्ने छ ।

९. लेख समसामयिकता एवम् मौलिकतामा केन्द्रित हुनुपर्ने छ । मौलिकताका विषयमा लेखक स्वयम् जिम्मेबार हुनुपर्ने छ । यस सम्बन्धमा प्रकाशक र सम्पादक जवाफदेही हुने छैनन् ।

१०. लेखमा लेखसार, विषय परिचय, सैद्धान्तिक पर्याधार, अनुसन्धानविधि, सामग्री सङ्कलनको नतिजा, विश्‍लेषण, निष्कर्ष तथा सन्दर्भसामग्री सूची प्रस्ट रूपमा समावेश गरिएको हुनुपर्ने छ ।

११. पूर्वीय वाङ्मयअन्तर्गका वेद, वेदाङ्ग, वेदान्त, धर्म, संस्कृति, कला, साहित्य, धर्मशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, समाजशास्त्र, पाश्चात्त्य दर्शन, आधुनिक चिकित्सा विज्ञान एवम् जुनसुकै क्षेत्रको र समसामयिक राजनीति, अर्थनीति, सामाजिक गतिविधिहरूका बारेमा गरिएका अनुसन्धानमूलक लेखहरूलार्इ स्वीकार गरिने छ तर लेख कुन विषय र विधाको हो भन्ने कुरा स्पष्ट पारिएको हुनुपर्ने छ ।

शीर्षक

  • सङ्क्षिप्त, स्पष्ट, सूचनामूलक र प्राज्ञिक जिज्ञासायुक्त हुनुपर्ने छ ।
  • बढीमा दश शब्दसम्मको हुनुपर्ने छ ।
  • मुखपृष्ठको सिरानको बिचमा २४ प्वाइन्टमा राखिएको हुनुपर्ने छ ।

उपशीर्षकहरू (मूल लेखमा) –

  • नेपाली, संस्कृत, हिन्दी आदि देवनागरी लिपिका भाषाहरूमा लेखिएका शोधलेखमा उपशीर्षकलाई अङ्कन गरेर राख्ने । जस्तै – २.१, २.२, २.१.१ आदि । मुख्य शीर्षकलाई मूल अङ्क मानिन्छ र त्यसअन्तर्गतको उपशीर्षकलाई अनि उपशीर्षकको पनि उपशीर्षकलाई दशमलव पद्धतिमा अङ्कन गर्दै लाने । जस्तै –

१. पौरस्त्य वाङ्मय

१.१. दर्शन

१.१.१. वेदान्त दर्शन

१.१.१.१. अद्वैत वेदान्त दर्शन

१.१.१.१.१. अद्वैत वेदान्तमा अध्यास

यी सबै शीर्षकोपशीर्षकहरूमा दोस्रो पङ्क्तिबाट पाठ आरम्भ गर्ने ।

यसभन्दा पनि बढी हुने उपशीर्षकलार्इ क, ख आदि दिएर मिलाउने । जस्तै –

१.१.१.१.१. अद्वैत वेदान्तमा अध्यास

क) ज्ञानाध्यास

ख) अर्थाध्यास

यी क, ख आदि उपशीर्षक दिएर त्यही पङ्क्तिबाट पाठ अगाडि बढाउने । क, ख पछि पनि उपशीर्षक दिनुपरेमा अ, आ आदि दिएर राख्ने । जस्तै –

क) ज्ञानाध्यास

अ)

आ)

लेखसार

  • बढीमा १५० शब्दसम्मको हुनुपर्ने छ ।
  • अति सङ्क्षिप्तमा परिचय, उद्देश्य, अध्ययन विधि, विश्‍लेषणको आधार (सैद्धान्तिक पर्याधार) र निष्कर्ष उल्लेख हुनुपर्ने छ ।
  • लेखसारमा कुनै सन्दर्भ (citation) प्रयोग नगरिएको हुनुपर्ने छ ।

शब्दकुञ्जी – बढीमा पाँचओटा पारिभाषिक शब्द वा शब्दावलीको सूची शब्दकुञ्जीमा उल्लेख हुनुपर्ने छ ।

मूल लेख

विषय परिचय : सङ्क्षिप्त विषय परिचय, समस्या पहिचान, उद्देश्य, औचित्य तथा स्पष्ट रूपमा अनुसन्धान  अन्तराल (Research Gap)/पूर्वकार्य समीक्षासहितको परिचय ६०० देखि ९०० शब्दसम्मको हुनुपर्छ।

अनुसन्धान विधि : अनुसन्धान विधि, अध्ययन क्षेत्र, सामग्री सङ्कलन, परीक्षण, प्रयोग, तालिकीकरण, विश्‍लेषणको ढाँचा यस खण्डमा हुनु जरुरी छ । यो खण्ड करिब ३०० देखि ५०० शब्दसम्मको हुनुपर्ने छ ।

सैद्धान्तिक पर्याधार : कुन सिद्धान्तलाई आधार मानेर सङ्कलित सामग्रीको विश्‍लेषण गरिने हो भन्ने आधार निर्माण हुनु जरुरी छ । यो खण्ड ५०० देखि ८०० शब्दसम्मको हुनुपर्ने छ ।

पूर्वकार्य समीक्षा : यसलार्इ सङ्क्षिप्त ढङ्गले साररूपमा विषय परिचयभित्र नै समेट्नुपर्ने छ ।

विश्‍लेषण : यस खण्डमा सङ्कलित सामग्रीलाई विभिन्न कोणबाट विश्‍लेषण गरी उद्देश्यप्राप्तिमा पुग्नुपर्छ । यो खण्ड १३०० देखि २३०० शब्दसम्मको हुनुपर्ने छ ।

निष्कर्ष :  यस खण्डमा प्राप्तिको मूल कुरा समावेश गरिएको हुनुपर्छ । यो खण्ड २५० देखि ३०० शब्दसम्मको हुनुपर्ने छ ।

सन्दर्भसामग्री सूची :  

  • जर्नल, लेख, पुस्तक, शोधग्रन्थ आदि आफूले पाठमा प्रयोग गरेका सामग्रीलाई निर्दिष्ट ढाँचाअनुसार नै उल्लेख गरिएको हुनुपर्ने छ ।
  • पाठमा सन्दर्भाङ्कन गरिएका सामग्रीलार्इ मात्र सन्दर्भसामग्री सूचीमा राखिएको हुनुपर्ने छ ।
  • अङ्ग्रेजी भाषाको लेखका सन्दर्भ सामग्रीलार्इ एपीए ढाँचामा नै राखिएको हुनुपर्ने छ ।

सन्दर्भ सामग्री सूचीका लागि निर्दिष्ट ढाँचाअनुसारका उदाहरणहरू –

  • पुस्तक, अनुसन्धान प्रतिवेदन, शोधप्रबन्ध
  • संस्कृतका टीकायुक्त ग्रन्थ
  • कालीदास. (सन् १९८६). कुमारसम्भवम्. (पञ्च. सर्ग). (हिन्दी व्या. प्रद्युम्न पाण्डेय). वाराणसी : चौखम्बा विद्याभवन ।
  • गौतमः. (२०६९). न्यायदर्शनम्, सा.सं.. वात्स्यायनभाष्यसहित. (हिन्दी व्या. ढुण्डीराज शास्त्री). वाराणसी : चौखम्बा संस्कृत भवन ।
  • अमरसिंहः. (२०७७). अमरकोशः, दोस्रो सं. (टीका. कुलचन्द्रगौतमः). काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।
  • एकभन्दा बढी टीका भएको ग्रन्थ

दीक्षित, भट्टोजी. (१९६६). सिद्धान्तकौमुदी. (लौकिकभागे-
ज्ञानेन्द्रसरस्वतीविरचिततत्त्वबोधिनीसमाख्यय, वैदिकभागे- जयकृष्णविरचितसुबोधिनीसमाख्यया, लिङ्गानुशासने- भैरवमिश्रनिर्मितचन्द्रकलाख्यया च व्याख्यया, शिवदत्त विरचितटिप्पणीभिश्च समन्विता, छोटूपतित्रिपाठिना नन्दलालशास्त्रिणा च संशोधिता). बम्बई : क्षेमराज श्रीकृष्णदास ।

  • अनुसन्धानमूलक ग्रन्थ

मिश्र, श्रीनारायण. (सन् २०००). वैशेषिक दर्शन : एक अध्ययन. वाराणसी : चौखम्बा विद्याभवन ।

विश्वकर्मा, दानबहादुर. (२०७९). शिल्पी समुदायको बृहत् इतिहास. काठमाडौँ : कलुदेवी विश्वकर्मा ।

  • सम्पादकलाई पनि श्रेय दिइएको सम्पादित ग्रन्थ

शर्मा, रामनाथ. (२०६३). बालकृष्ण पोखरेलको निबन्धकारिता. प्राज्ञ बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ (राधेश्याम लेकाली सम्पा.). विराटनगर : चेतन (प्रउस) प्रतिष्ठान नेपाल ।

  • प्राज्ञिक अनुसन्धानको सम्पादित पुस्तक

प्रेक्षित, जगत्‌प्रसाद उपाध्याय (सम्पा.). (२०७९). चूडानाथ भट्टरायका पौरस्त्य दर्शनका कृतिहरू.  काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

  • अर्को भाषाको पुस्तक

नेपाली, संस्कृत, मैथिली, अवधी, भोजपुरी, हिन्दी आदि देवनागरी लिपि प्रयोग हुने र नेपालमा बोलिने विभिन्न भाषासमेतमा लेखिएका लेख, पुस्तक, शोधप्रबन्ध आदिलाई सन्दर्भसूचीमा नामको अन्तिम खण्डको वर्णानुक्रमअनुसार नेपाली सामग्रीसँगै मिलाएर राखिन्छ तर अङ्ग्रेजी भाषामा लेखिएका लेख तथा पुस्तकलाई रोमन लिपिको क्रम भिन्नै बनाएर राखिन्छ । अनुवाद गरेर देवनागरीमै राख्नुपर्छ भन्ने छैन ।

  • अनूदित पुस्तक

सरदेसाई, श्रीनिवास गणेश. (२०७०). भारतीय दर्शन वैचारिक एवम् सामाजिक सङ्घर्ष (अनु. बालकृष्ण श्रेष्ठ ‘नेभा’). काठमाडौँ : मानववादी समाज (सोच) नेपाल ।

  • विभिन्न भागमा प्रकाशित पुस्तक

साङ्कृत्यायन, कमला. (सन् १९६०). हिन्दी साहित्यका बृहद् इतिहास (राहुल साङ्कृत्यानद्वारा सम्पादित). सोह्रौँ भाग. वाराणसी : काशी नगरी प्रचारिणी सभा ।

  • शैली पुस्तिका

निरौला, यज्ञेश्वर, सुवेदी, सागरमणि, श्रेष्ठ, अमृतकुमार, लुइटेल, हरिशरण र मिश्र, भवानीप्रसाद. (२०८१). अनुसन्धानको रूप र शैली. धरान : पण्डित श्रीलोकनाथ लुइटेल स्मृति प्रतिष्ठान ।

  • शब्दकोश/विश्वकोश

उप्रेती, गङ्गाप्रसाद, बन्धु, चूडामणि, पोखरेल, माधव प्रसाद, भट्टराई, तुलसीप्रसाद, उपाध्याय, जगत्‌प्रसाद , पौडेल, हेमनाथ र निरौला, यज्ञेश्वर (सम्पा.). (२०७९).  प्रज्ञा नेपाली बृहद् शब्दकोश. काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

  • साहित्य सङ्कलन पुस्तक

पौडेल, गोपीन्द्र, सुवेदी, धनप्रसाद (सम्पा.). (२०७७). प्रज्ञा समकालीन नेपाली समालोचना. काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

  • पुराणादि धार्मिक ग्रन्थ

वेदव्यास. (२०३७). श्रीमद्भागवतमहापुराणम् (मूलमात्रम्). गोरखपुर : गीताप्रेस ।

  • प्राचीन ग्रन्थ (लेखक नभएको)

सामवेदसंहिता (सायणभाष्यसहित). (सन् २०१९). पं. रामस्वरूपशर्मा गौड (हिन्दी अनु.). वाराणसी : चौखम्बा विद्याभवन ।

  • प्राचीन अनूदित ग्रन्थ

भरतमुनि. (२०७७). नाट्यशास्त्र (गोविन्दराज भट्टराई, अनु.). काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

  • मूल लेखकको मृत्यु भएको पचास वर्षपछि प्रकाशित पुस्तक

देवकोटा, लक्ष्मीप्रसाद. (२०८१). लक्ष्मी निबन्धसङ्ग्रह तथा दाडिमको रुखनेर (यज्ञेश्वर निरौला, संयोजन, समीक्षा र सम्पादन). काठमाडौँ : मधुवन प्रकाशन ।

  • सम्पादित पुस्तकको खण्ड/अध्याय/ भाग

बराल, ऋषिराज. (२०७७). भूमण्डलीकरण र सांस्कृतिक अतिक्रमणका सन्दर्भमा समकालीन नेपाली समालोचना. प्रज्ञा समकालीन नेपाली समालोचना (गोपीन्द्र पौडेल र धनप्रसाद सुवेदी सम्पा.), पृ. ११५-१४६. काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

गौतम, लक्ष्मण. (२०८०). आधुनिक नेपाली कविताको इतिहास (फुटकर कविता मात्र). जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, चौथो ठेली, नेपाली पद्य र बाल साहित्य. (माधव प्रसाद पोखरेल, सम्पा.). ललितपुर : जगदम्बा प्रकाशन ।

  • प्रकाशकीय

गुरुङ, जगमान. (२०७९). प्रकाशकीय. प्रज्ञा नेपाली बृहत् शब्दकोश. काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

दीक्षित, कुन्द. (२०८०). प्रकाशकीय. जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, चौथो ठेली, नेपाली पद्य र बालसाहित्य. पृ. क ।

शेर्पा, पासाङ दोर्ची. (२०७८). प्रकाशकीय. भोजपुरको वाङ्‍मय. काठमाडौँ : भोजपुरे सेवा समाज, पृ. ख ।

  • पुस्तकको भूमिका

अवस्थी, महादेव. (२०७७). कवि घनश्याम कँडेलको खण्डकाव्यकारिता : समीक्षात्मक मन्तव्य. घनश्याम कँडेलका खण्डकाव्य, पृ. ५-२४. काठमाडौँ : ऐरावती प्रकाशन प्रा. लि. ।

भट्टराई, बद्री विशाल. (२०७२). झ्याउरे गीतको अध्ययन पढेपछि. झ्याउरे गीतको अध्ययन (तुलसीमान श्रेष्ठ). काठमाडौँ : श्रीमती भगवती श्रेष्ठ ।

  • वार्षिक प्रतिवेदन

भाषा आयोग. (२०८०). भाषा आयोगको वार्षिक प्रतिवेदन (सातौँ). २०७९ श्रावणदेखि २०८० आषाढ मसान्तसम्म. काठमाडौँ । www.languagecommission.gov.np

  • आयोग वा प्रतिष्ठानको प्रतिवेदन

स्वशासन अध्ययन प्रतिष्ठान. (२०७५). युवा रोजगारीको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन. काठमाडौँ : युवा तथा खेलकुद मन्त्रालय ।

  • विद्यावारिधि शोधप्रबन्ध

भट्ट, हरिशचन्द्र. (२०७५). बझाङी नेपालीका भाषिक भेद [विद्यावारिधि शोधप्रबन्ध]. मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्वविद्यालय ।

  • स्नातक, स्नातकोत्तर, दर्शनाचार्य शोधप्रबन्ध

निरौला, यज्ञेश्वर. (२०५०). क्रियाका रूपतत्त्वका आधारमा नेपालीका भाषिकाहरूको निर्धारण [स्नातकोत्तर शोधपत्र]. कीर्तिपुर : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय ।

  • कतिपय लेखकले शोधप्रबन्धलाई सन्दर्भ सूचीमा राख्दा अप्रकाशित शोधपत्र वा अप्रकाशित शोधप्रबन्ध भन्ने गरेको पाइन्छ । अप्रकाशित शोधपत्र/शोधप्रबन्ध भन्दा शोधपत्र वा शोधप्रबन्ध प्रकाशित र अप्रकाशित दुई खालका हुँदा रहेछन्, ती मध्ये अप्रकाशित चाहिँ हो भन्ने अर्थ लाग्छ । अर्को कुरा, शोधप्रबन्ध आफैँमा अप्रकाशित नै हो । तसर्थ शोधपत्रका निम्ति अप्रकाशित भन्नु पर्दैन ।
  • सङ्गोष्ठी पत्र

पोखरेल, माधव प्रसाद. (सन् २०२२, नोभेम्बर ६-७). शब्दकोशका प्रकार र निर्माण (रुद्र पौड्याल र परशुराम पौड्याल, अध्यक्षता). भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश निर्मानका लागि मार्गचित्र- सङ्गोष्ठी. गुवाहाटी : आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभाग, गुवाहाटी विश्वविद्यालय ।

  • कार्यपत्र

निरौला, यज्ञेश्वर. (सन् २०२४, जुन २९). भारतीय नेपाली शब्दकोश निर्माण निर्देशिका [कार्यपत्र प्रस्तुत]. गुवाहाटी : नेपाली भाषा विकास मञ्च ।

  • अनुदान सहयोगको अनुसन्धान प्रतिवेदन

निरौला, यज्ञेश्वर. (२०७३-२०७५). सुदूरपश्चिमको पहाडी क्षेत्रमा बोलिने नेपालीका भाषिकाहरूको भाषावैज्ञानिक अध्ययन (FRG-73/75-H&S-3). [अनुदान]. सानोठिमी : विश्वविद्यालय अनुदान आयोग ।

  • अनुसन्धानमूलक जर्नल, पत्रिका, मुखपत्र, विशेषाङ्क
  • डीओआई भएको जर्नल लेख

पहाडी. ढुण्डीराज. (२०८०). सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना. प्रज्ञा, (२/१२४), पृ. ८६-९५ । DOI: https://doi.org/10.3126/prajna.v124i2.60584

  • डीओआई नभएको वेबसाइट भएको जर्नल लेख

भण्डारी, मनोज. (२०७९). लक्ष्मणकवेर्वैयाकरणत्वम्. लोकदर्पण, ३ (१), पृ. ४५-५९ । llspweb.0rg

  • डीओआई नभएको वेबसाइट पनि नभएको जर्नल लेख

भट्ट, पुष्करराज. (सन् २०१७-१८). नेपाली लघुकथामा सांस्कृतिक चेतना. प्रवासन, १(२), पृ. २१-३१ ।

(हाल यस जर्नल वेभसाइटमा राखिएको छ ।)

  • दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिकामा प्रकाशित लेख

अधिकारी, ज्ञानु. (२०७९, माघ). बहुआयामिक व्यक्तित्व नारायणमान श्रेष्ठ. मिलाप, १३(५), पृ. १२-१५ ।

गड्तौला, नारायण. (२०७९). सिकर्नी नियात्रामा राष्ट्रियताको आस्वाद. अग्निचक्र, १४(७/१३७), पृ. १९-२० ।

  • डीओआई भएको अनलाइन जर्नल लेख

पौडेल, ईश्वरा. (सन् २०२३, अगस्ट ३०). युद्ध कथामा पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना. बौद्धिक अभियान । DOI: https://doi.org/10.3126/bdkan.v8i01.57781

  • जर्नल/पत्रिका विशेषाङ्कमा प्रकाशित लेख

पराजुली, शारदा. (२०६८). स्मृतिका डोबहरू भित्र क्रान्तिचेतना. भानु (भवानी घिमिरे विशेषाङ्क, सम्पा. रामप्रसाद ज्ञवाली), ४९(१४५), पृ. २०१-२०५ ।

  • वर्ष, अङ्क उल्लेख नभएको पत्रिकाको लेख

लोप्चन, लोकबहादुर. (२०८०). सरकारी कामकाजमा मातृभाषाको प्रयोग : अवधारणा र अभ्यास. भाषालोक, पृ. १७२-१८१ ।

  • सम्पादकीय

पोखरेल, माधव प्रसाद. (२०८०). सम्पादकीय. जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, चौथो ठेली, नेपाली पद्य र बालसाहित्य. पृ. ग-ज ।

  • पुस्तक समीक्षा

घिमिरे, विदुला. (२०८०, कात्तिक-चैत). इल्या भट्टराईका कथामा नारी उत्पीडन र सत्ता [इल्या भट्टराईद्वारा रचित जीवनका रङ्गहरू र त्यो एउटा बिहान कथासङ्ग्रहको समीक्षा). अस्मिता. (कुमारी लामा, गीता त्रिपाठी र लक्ष्मी रुम्बा सम्पा.). १(२), पृ. ९६-१०२ ।

  • फेसबुक पोस्ट

अधिकारी, हेमाङ्ग. (सन् २०२४, जुलाई १८). पुराना नेपाली व्याकरणका तुलनामा वर्तमान नेपाली व्याकरणका विशेषता. www.facebook.com

  • सात जनासम्म लेखकको लेख भएको जर्नल लेख

प्रज्ञा नेपाली बृहत् शब्दकोशमा सात जना सम्पादकको नाम छ र सन्दर्भ सूचीमा सातै जनाको नाम उल्लेख गर्नुपर्छ । जर्नलका प्रकाशित लेखमा सात जनासम्म लेखकको नाम छ भने सातै जनाको नाम उल्लेख गर्नुपर्छ ।

  • सात जनाभन्दा बढी लेखकको लेख भएको जर्नल

कुनै कुनै जर्नल लेखमा सात वा सात जनाभन्दा बढी लेखकहरू हुन सक्छन् । यस्तो अवस्थामा छ जनासम्मको थर र नाम क्रमैसँग उल्लेख गर्नुपर्छ र सातँदेखि बढीलाईदिएर अन्तिम नामलाई उल्लेख गर्नुपर्छ

प्रकाशन प्रक्रिया :

  • लेखप्राप्ति,
  • सम्पादकमण्डलबाट प्रारम्भिक परीक्षण,
  • सुधारका लागि लेखकलाई फिर्ता,
  • सुधारसहित सम्पादकमण्डललाई लेखप्राप्तिपछि समीक्षाका निम्ति विज्ञकहाँ पठाइने,
  • विज्ञको सुझावअनुसार लेख सुधार तथा परिमार्जनका निम्ति पुनः लेखकलाई पठाइने,
  • परिमार्जन गरी आएका लेखलाई परीक्षण गरेर एकरूपता कायम गरी स्वीकृत लेखलाई प्रकाशन गर्ने ।
  • मापदण्डभित्र नपरेका लेखहरू छापिने छैनन् र फिर्ता पनि गरिने छैन ।

 

लेखको सुरुमा मुखपृष्ठ (cover page) बनाई त्यसमा शीर्षक, लेखकको नाम, पद, कार्यरत संस्था, सम्पर्क ठेगाना (इमेल) राखिएको हुनुपर्ने छ । लेखमा लेखकको परिचय खुल्ने अन्य कुनै पनि कुरा नराखिएको हुनुपर्ने छ ।

 

लेख पठाउने इमेल ठेगाना – lokdarpan@llspweb.org