श्रीमद्भागवतमा साङ्ख्ययोग

राममणि नेपाल[1] (रामानुज) सर्वदर्शन-इतिहासपुराणाचार्य इमेल- ramanujdash7@gmail.com लेखसार श्रीमद्भागवत सबै प्रकारका अधिकारीहरूको उपकारक र मुमुक्षुहरूका लागि अत्यन्त उपादेय ग्रन्थ हो। यसमा साङ्ख्य दर्शनको सुविस्तृत व्याख्या गरिएको छ। साङ्ख्य भनेको ज्ञान हो। प्रकृति र पुरुषको विवेकद्वारा संसारको वासनाबाट निवृत्त भई परमात्माको चिन्तनमा प्रवृत्त भएपछि मात्र मोक्ष सम्भव हुन्छ। यसका लागि साङ्ख्ययोग अत्यन्त उपकारक हुन्छ र  कर्मयोग यसको […]