पं. श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानको योजना मुताविक लोकदर्पणको प्रवेशाङ्क प्रकाशित भएपछिको ६ महिनाको अन्तरालमा यसको दोस्रो अङ्क पाठकहरू समक्ष प्रस्तुत गरिएको छ। यस अङ्कमा विशिष्टाद्वैत दर्शन परिचय, श्रीमद्भागवतमा साङ्ख्ययोग, स्वरविज्ञानको महत्त्व र उपयोगिता, पं. श्री लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व, श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग, भूपी शेरचनको मेरो देश कविताको मूल्य, अव्ययपदव्युत्पादकानां प्रमुखाणां कृत्तद्धितप्रत्ययानां […]
पं. श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानको योजना मुताविक लोकदर्पणको प्रवेशाङ्क प्रकाशित भएपछिको ६ महिनाको अन्तरालमा यसको दोस्रो अङ्क पाठकहरू समक्ष प्रस्तुत गरिएको छ। यस अङ्कमा विशिष्टाद्वैत दर्शन परिचय, श्रीमद्भागवतमा साङ्ख्ययोग, स्वरविज्ञानको महत्त्व र उपयोगिता, पं. श्री लोकनाथ लुइटेलको ज्योतिषीय व्यक्तित्व र कृतित्व, श्रीभगवद्दर्शन सम्झना काव्यमा भाविक अलङ्कारको प्रयोग, भूपी शेरचनको मेरो देश कविताको मूल्य, अव्ययपदव्युत्पादकानां प्रमुखाणां कृत्तद्धितप्रत्ययानां पर्यालोचनम् र Review Article – Testing for Unit Roots in Autoregressive-Moving Average Models of Unknown Order: Critical Comments जस्ता शोधमूलक लेखहरू समावेश गरिएका छन्।
लोकदर्पणमा नेपाली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका शोधमूलक लेखहरू प्रकाशित हुनेछन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित हुने अनुसन्धानमूलक पत्रिकाहरूमा लोकदर्पणलाई ‘क’ श्रेणीको पत्रिका बनाउने लक्ष्य हामीले राखेका छौँ। यस पत्रिकामा प्रकाशित सामग्रीहरू Open Access को अवधारणाअनुसार सर्वसाधारणका लागि सुलभ रूपमा उपलब्ध हुने छन्। पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान Commitee On Publication Ethics (COPE) नामक अन्तर्राष्ट्रिय संस्थाको सदस्य हो। यस संस्थाद्वारा प्रकाशित लोकदर्पण पत्रिकाको विश्वसनीयता र प्रतिष्ठा बढाउनका लागि समयको मागअनुसार NepJOL, JSTOR जस्ता अनुसन्धानमूलक पत्रिकाहरूको डाटाबेस राख्ने संस्थाहरूसँग आबद्ध हुने योजना छ। प्रारम्भिक चरणमा रहेको हाम्रो अभियानलाई सफल बनाउनका लागि आगामी दिनहरूमा यहाँहरू सबैको निरन्तर शुभेच्छा एवम् सहयोगको अपेक्षा राख्दछौँ।
सम्पादक