Volume 1 Issue 1 - Lokdarpan

Lokadarpan Volume1 Issue1

Volume 1 Issue 1 - Lokdarpan



Share on FacebookTweetSave

स्वस्तिवाचन (मङ्गलकामना)

हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ । देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।। देवानाम्भद्द्रासुमतिर्ऋजूयतान्देवानाᳩरातिरभिनोनिवर्त्तताम् । देवानाᳩ सक्ख्यमुपसेदिमा व्वयन्न्देवानऽआयु: प्प्रतिरन्तु जीवसे ।।२।। तान् पूर्व्वया निविदाहूमहे व्वयम्भगम्मित्र्त्रमदितिन्दक्षमस्रिधम् । अर्य्यमणं व्वरुणᳮ सोममश्श्विना सरस्वती न: सुभगामयस्करत् ।।३।। तन्नो व्वातो मयोभुव्वातु भेषजन्तन्न्माता पृथिवी तत्पिता द्यौः । तद्ग्रावाण: सोमसुतोमयोभुवस्तदश्श्विना श्रृणुतन्धिष्ष्ण्या युवम् ।।४।। तमीशानञ्जगतस्तस्त्थुषस्पतिन्धियञ्जिन्वमवसे हूमहेव्वयम् । पूषानो यथाव्वेदसामसद्वृधे […]


सम्पादकीय

भगवद् वन्दना यं शैवाः समुपासते शिव इति ब्रह्मेति वेदान्तिनो बौद्धाः बुद्ध इति प्रमाणपटवः कर्तेति नैयायिकाः। अर्हन्नित्यथ जैनवादनरताः कर्मेति मीमांसकाः सोऽयं नो विदधातु वाञ्छितफलं त्रैलोक्यनाथो हरिः।। अर्थ – जसलाई शैवहरूले शिव, वेदान्तीहरूले ब्रह्म, बौद्धहरूले बुद्ध, प्रमाणका विषयमा चतुर नैयायिकहरूले कर्ता, जैनमतानुयायीहरूले अर्हत्/तीर्थङ्कर, मीमांसकहरूले कर्म भनेर आफ्नो सिद्धान्तअनुसार भिन्नभिन्न स्वरूपमा उपासना गर्दछन्, त्यस्ता विशिष्ट तिनै लोकका स्वामी/पालक/रक्षक […]


प्रलय र महाप्रलय

शरच्चन्द्र वस्ती पुराणहरूमा मूलतः चार प्रकारका प्रलयको वर्णन गरिएको छ – नित्य, आत्यन्तिक, प्राकृत र नैमित्तिक। तीमध्ये नित्य र आत्यन्तिक व्यक्तिसँग सम्बन्धित छन्, प्राकृत र नैमित्तिक समग्र जगत् एवम् ब्रह्माण्डसँग सम्बन्धित छन्। यस बाहेक आन्तर र युगान्त प्रलय पनि हुन्छन्। संसारमा प्रतिपल भइरहने जीवको मृत्युलाई ‘नित्य प्रलय’ भनिन्छ भने योगी ब्रह्ममा लीन हुने घटनालाई ‘आत्यन्तिक […]


पूर्वीय दर्शनमा वेदान्त

डा. रघुनाथ नेपाल (न्याय-व्याकरण-सर्वदर्शनाचार्य) नेपाल संस्कृत विश्वविद्यालय (सारांश – यस आलेखमा मानव जीवनमा दार्शनिक चिन्तनको बीजारोपण कसरी हुन्छ ? दर्शन शब्दको अर्थ र परिभाषा के हो ? प्राच्य दर्शनका भेद र त्यसको कारण के हो ? आदिको संक्षिप्त विवेचना गर्दै प्राच्य दर्शनमा वेदान्त दर्शनको स्थान कस्तो छ ? भन्ने कुराको विवेचना गरिएको छ। यसबाट पूर्वीय […]


‘दर्शनसारामृतम्’मा अभिव्यक्त बौद्धतत्त्व

मधुसूदन घिमिरे विषय प्रवेश : पण्डित लोकनाथ लुइटेलद्वारा १८ ओटा पौरस्त्य दर्शनका बारेमा पद्यात्मक भाषामा लेखिएको कृति हो– दर्शनसारामृतम् । यस कृतिलाई ‘जयतु संस्कृतम्’ नामक संस्थाले प्रकाशित गरेको हो। यस कृतिमा प्रतिपाद्य विषयवस्तुको विस्तृत समीक्षात्मक आलेख प्रा. पद्मप्रसाद भट्टराईले गर्नुभएको छ। यस लेखमा अन्य विषयका बारेमा उल्लेख नगरी केवल बौद्धदर्शनका बारेमा यथामति विवेचना गरिएको छ। […]


नेपाली भाषा र राष्ट्रियता

डा. यज्ञेश्वर निरौला उपप्राध्यापक रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ। लेखसार सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यताप्राप्त राष्ट्रभाषा हो। यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षण प्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, […]


नेपाली भाषाको अतीत र यसका विशेषता

प्रा.डा. गोपाल भण्डारी धरान नेपाली भाषा भारोपेली परिवारको सदस्य हो। यस भाषाका वक्ताहरू संसारका विभिन्न मुलुकमा छरिएर बसेका छन्। नेपाली भाषाको उत्पत्ति कर्णाली प्रदेशमा भएको मानिन्छ। लगभग विक्रमको एघारौँ शताब्दीदेखि यस भाषाको प्रयोग हुन थालेको हो। प्राचीन कालमा एउटा इलाकामा देखिएको यही भाषा नै क्रमशः फैलिँदै जाँदा यसको स्वरूपमा व्यापकता आउँदै गयो। एउटा गाउँ वा […]


रोनाल्ड ए. फिसर – एक परिचय

अनुवाद : गोविन्द लुइटेल रोनाल्ड एल्मर फिसर (१८९०-१९६२) १७ फेब्रुअरी १८९० – पूर्वी फिन्चले, लन्डनमा जन्म १९१२ – स्नातक उपाधि कायस कलेज, क्याम्ब्रिजबाट १९१९ – १९३३ रोथाम्स्टेड कृषि स्टेसन १९२९ – – रोयल सोसाइटीको फेलो १९३३ – १९४३ युनिभर्सिटी कलेज लन्डनमा युजेनिक्सका गाल्टन प्रोफेसर र गाल्टन प्रयोगशाला प्रमुख १९४३ – क्याम्ब्रिज युनिभर्सिटीमा आर्थर बाल्फोर जेनेटिक्सका […]


भाइ लोकनाथसँगको भुल्न नसकिने आत्मीयता

ऋतुप्रसाद खनाल दमक, झापा लोकनाथजी मेरा साहिँला मामाका छोरा, एक मात्र सन्तान हुनुहुन्थ्यो। पहाडमा उहाँको र मेरो घर त्यतिवेलाको सोल्मा गा.वि.स. मा भए पनि गाउँ अलग अलग थियो। उहाँको कालीमाटी, मेरो सुहारा। उमेरको हिसाबले म उहाँभन्दा ५/६ वर्ष जेठो छु। त्यसैले उहाँका बाल्यकालका धेरै कुराहरू मलाई थाहा छ। उहाँका बारेमा मलाई विशेष जानकारी हुने अर्को […]


लोकनाथ गुरुको अर्कविवाह

सम्पादक लोकनाथ गुरुको जीवनमा विवाहको प्रसङ्ग बडो पीडादायी भएर रह्यो। उहाँले जीवनमा पाँच विवाह गर्नुभयो। प्रथम (निरौलाकी छोरी २००८-२०१०) र दोस्रो (बाँस्तोलाकी छोरी २०११-२०१६) पटकको विवाह पनि असफल भएपछि अब के गर्ने भन्ने चिन्ता भयो परिवारका हजुरबा, हजुरआमा, आमा, बडाबा, काकाहरू सबैलाई। दुई ओटी पत्नी बितिसकेकाले जो कोहीले भन्ने बित्तिकै कन्या दिने अवस्था पनि थिएन। […]


आकस्मिक रूपमा पत्नीप्रति गम्भीर सङ्कट

वासुदेव भण्डारी धरान हामी लोकनाथ गुरुका छिमेकी हौँ। हाम्रो पैत्रिक थलो यहीँ हो भने लोकनाथ गुरुले पनि धरानलाई नै कर्मथलो बनाउनुभयो। नजिकको छिमेकमा गाउँघरका धेरै कुराहरू थाहा हुने र हरेक अवस्थामा परस्परमा सहयोग आदान-प्रदान गर्ने वातावरण हुन्छ नै। हाम्रो गाउँमा पनि यस्तै वातावरण थियो र छ पनि। गुरु सारै मिजासिला, सबैको उपकार गर्ने स्वभावका, कसैलाई […]


पं. लोकनाथ गुरुमा संझना

पं. नारायणप्रसाद भट्टराई चाराली, झापा लोकनाथ लुइटेल गुरुसँग पहिलो भेट २०१५ साल माघ महिनामा पिण्डेश्वर संस्कृत महाविद्यालयमा भएको हो। मेरा भाइ मधुसूदन र शिवराज भट्टराई त्यहाँका विद्यार्थी थिए र लोकनाथ जी पनि त्यहीँकै विद्यार्थी। १५ सालमा म नारायण पनि धरानमा १० महिने शिक्षा सम्बन्धी सामान्य तालिम दिन आएको थिएँ। भाइ मधुसूदनले मेरा जेठा दाजु भनेर […]


नम्र निवेदन

पं. श्री लोकनाथ लुइटेल स्मृति-प्रतिष्ठान, धरानले वृहत् प्राज्ञिक उद्देश्यराखेर अनुसन्धानमूलक पत्रिका लोकदर्पणको प्रकाशन शुरु गरेको छ। यस अर्धवार्षिक प्रकाशन मार्फत् बहुविषयात्मक अनुसन्धानमूलक लेखहरू समेट्दैप्राज्ञिक जगत्‌मा योगदान पुऱ्याउन हामी प्रयत्नरत छौँ। यस पुनित कार्यमा सहयोगको अपेक्षा गर्दै आदरणीय अनुसन्धानकर्ताहरूलाई आआफ्ना विषयमा आफू ले गरेको अनुसन्धानमूलक लेखहरू इमेलमार्फत् हाम्रो ठेगानामा पठाउनुहुन प्रतिष्ठान सादर अनुरोध गर्दछ।   पं. […]