अनुसन्धान कार्य गम्भीर अध्ययन, बोध, अभिरुचि र जिज्ञासा विना नहुँदो रहेछ। अभिरुचि भए तापनि उपयुक्त वातावरण भएन भने अनुसन्धान कार्यले पूर्णता नपाउँदो रहेछ भन्ने उदाहरणहरू देखिन्छन्। लोकदर्पण जर्नल (पत्रिका) अनुसन्धाताज्यूहरूका लागि साझा प्राज्ञिक मञ्च हो।
अनुसन्धान कार्य गम्भीर अध्ययन, बोध, अभिरुचि र जिज्ञासा विना नहुँदो रहेछ। अभिरुचि भए तापनि उपयुक्त वातावरण भएन भने अनुसन्धान कार्यले पूर्णता नपाउँदो रहेछ भन्ने उदाहरणहरू देखिन्छन्। लोकदर्पण जर्नल (पत्रिका) अनुसन्धाताज्यूहरूका लागि साझा प्राज्ञिक मञ्च हो। प्राज्ञिक परामर्शसहित लेखकज्यूहरूलाई अनुसन्धान कार्यप्रति अभिमुख गराई विभिन्न विधा, विषयसम्बद्ध अनुसन्धानमूलक लेख नियमित रूपमा सङ्कलन, प्रकाशन गर्ने काम उक्त जर्नल सम्बद्ध पण्डित श्रीलोकनाथ लुइटेल स्मृति-प्रतिष्ठानले गरिरहेको छ। संस्थागत रूपमै सामाजिक उत्तरदायित्व वहन गर्ने सत्सङ्कल्पका साथ गठित उक्त संस्थाका उद्देश्यहरूमध्ये अनुसन्धान र प्रकाशन मुख्य हुन्।
अनुसन्धाताज्यूहरूले तयार गर्नुभएका सामग्री प्रकाशन गर्दै आउँदा छोटै समयावधिमा पनि हामीले धेरै अनुभव हासिल गरेका छौँ। पाठक समाजको माग र लेखकज्यूहरूको रुचि, आवश्यकता बोध हुन थालेको छ। हामी सिक्दै काम गर्दै यस अङ्कसम्म आइपुगेका छौँ। यो यात्रा निरन्तर चलिरहन्छ। यहाँहरूको साथ, सहयोग र मार्गदर्शनले हामीलाई उत्साहित बनाएको छ। यस अङ्कका लागि लेख उपलब्ध गराइदिनुहुने लेखकज्यूहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। विषयविज्ञज्यूहरूप्रति विनम्रतापूर्वक कृतज्ञता प्रकट गर्दछौँ। जर्नल सम्पादन, प्रकाशन कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।