नागेश भट्टको व्यक्तित्व र कृतित्व

प्रस्तुत लेख नागेश भट्टको देश काल र कृतिमा आधारित रहेर जीवनवृत्तको गहिरोसँग  अध्ययन गरी दृष्टान्तका रूपमा मानव जीवनको रहस्यमय खोजमा केन्द्रित रहेको छ।  शिव भट्ट तथा सतीदेवीका सुपुत्र महावैयाकरण भट्ट नागेशको जन्म तथा समयका बारेमा इदमित्थम् गर्न सकिने अवस्था छैन तथापि विभिन्न किंवदन्ती, कतिपय शिलालेख तथा विद्वान्‌हरूको भनाइका आधारमा उनको जन्म १७३१ भारतको महाराष्ट्रमा ऋग्वेदी ब्राह्मणका कुलमा  भएको थियो।