प्राकृत भाषाको वैशिष्ट्य

यस अनुसन्धानात्मक लेखमा प्राकृत भाषाको परिचय, विशेषता र विकासक्रमलाई  देखाइएको छ। प्राचीन कालदेखि नै जनमानसको प्रत्यक्ष बोलीका रूपमा व्यवहार हुँदै आएको प्राकृत भाषाको विकास वैदिक संहिताबाट अप्रत्यक्ष रूपमा भएको पाइन्छ।  तत्कालीन सामाजिक व्यवस्थाले गर्दा वर्ग र आर्थिक सामाजिक हिसाबले भाषिक प्रयोगको अवस्था समाजमा विद्यमान रहेका अनेक प्रमाण उपलब्ध हुन्छन्।