सम्पादकीय

यो जर्नल विज्ञ पाठकहरूका बिचमा परिचित छ। विभिन्न ज्ञानधारा र परम्परालाई पुनर्जीवित, पुनःसिर्जित गर्दै समाजसमक्ष अनुसन्धानात्मक, आलोचनात्मक ज्ञानसामग्री सम्प्रेषण गर्ने प्रणअनुसार हाम्रो यात्रा निरन्तर चलिरहेको छ। अनुसन्धान कष्टसाध्य तर सत्यतथ्य निरूपणका लागि अनिवार्य कर्म हो। लोकदर्पण जर्नल अनुसन्धानात्मक सामग्री प्रकाशन गरी ज्ञानधारालाई जागृत र अद्यावधिक गराउने साझा  सम्पत्ति हो।