‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्यु चिन्तन

प्रस्तुत लेख मूलतः  मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धको मृत्यु चिन्तन विषयमा केन्द्रित छ। आधुनिक नेपाली साहित्यको क्षेत्रमा कविताकृतिका साथै दुईवटा निबन्धसङ्ग्रह प्रकाशित गरेर निबन्धकार ठकुरी नेपाली निबन्धका क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन्।  नेपाली आधुनिक निबन्धमा विशिष्ट योगदान पुर्‍याए तापनि उनको निबन्धकारिताको दर्शनको कोणबाट यथेष्ट अनुसन्धान भएको पाइँदैन।