अरुण उपत्यकामा प्रचलित नेपाली लोकगीतमा प्रयुक्त लोकतत्त्व

अरुण उपत्यकामा सङ्खुवासभा, भोजपुर र धनकुटा जिल्लाका केही स्थानीय तहहरू पर्दछन्। यस उपत्यकाको केन्द्र तुम्लिङटार हो। लोकगीतले सम्पन्न यो उपत्यकामा प्रचलित अनेकौँ भाका विश्वका नेपालीहरू माझ प्रिय रहेका छन्। आदिम समयदेखि जनजिब्राका माध्यमबाट मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोकगीतहरू लोकका साझा सम्पत्ति हुन्। सबै लोकसमाजमा परम्परादेखि प्रचलनमा रहेका अनेक रूढतत्त्वहरू विद्यमान रहेका हुन्छन्।