यो जर्नल विज्ञ पाठकहरूका बिचमा परिचित छ। विभिन्न ज्ञानधारा र परम्परालाई पुनर्जीवित, पुनःसिर्जित गर्दै समाजसमक्ष अनुसन्धानात्मक, आलोचनात्मक ज्ञानसामग्री सम्प्रेषण गर्ने प्रणअनुसार हाम्रो यात्रा निरन्तर चलिरहेको छ। अनुसन्धान कष्टसाध्य तर सत्यतथ्य निरूपणका लागि अनिवार्य कर्म हो। लोकदर्पण जर्नल अनुसन्धानात्मक सामग्री प्रकाशन गरी ज्ञानधारालाई जागृत र अद्यावधिक गराउने साझा सम्पत्ति हो।

लोकदर्पण जर्नल अर्धवार्षिक रूपमा प्रकाशन गरिँदै छ। यस अङ्कमा चाहिँ नेपाली र संस्कृत भाषामा तयार पारिएका अध्ययन सामग्री मात्रै समाविष्ट छन्। निरन्तर साधनारत वाङ्मयसेवी विद्वान्विदुषीज्यूहरूका विद्वत्तापूर्ण शोधलेखहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै छौँ। शोधार्थी महानुभावहरूप्रति हामी आभार प्रकट गर्दछौँ। लेखहरू गम्भीरतापूर्वक अध्ययन गरी समीक्षा गरिदिनुहुने विषयविज्ञज्यूहरूप्रति कृतज्ञ छौँ। यहाँहरूको सहयोगी कर्म र ज्ञानगरिमाप्रतिको निष्ठाले हामीलाई हौसला र सकारात्मक ऊर्जा प्रदान गरेको छ। जर्नलको स्तर मापन र सामग्रीहरूको उपादेयताको मूल्याङ्कन गर्ने अभिभारा यहाँकै हो।
सम्पादक मण्डल