Volume 5 Issue 1 - Lokdarpan

Lokdarpan Volume 4 Issue 1

Volume 5 Issue 1 - Lokdarpan



Share on FacebookTweetSave

स्वस्तिवाचन (मङ्गलकामना)

हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।


सम्पादकीय

यो जर्नल विज्ञ पाठकहरूका बिचमा परिचित छ। विभिन्न ज्ञानधारा र परम्परालाई पुनर्जीवित, पुनःसिर्जित गर्दै समाजसमक्ष अनुसन्धानात्मक, आलोचनात्मक ज्ञानसामग्री सम्प्रेषण गर्ने प्रणअनुसार हाम्रो यात्रा निरन्तर चलिरहेको छ। अनुसन्धान कष्टसाध्य तर सत्यतथ्य निरूपणका लागि अनिवार्य कर्म हो। लोकदर्पण जर्नल अनुसन्धानात्मक सामग्री प्रकाशन गरी ज्ञानधारालाई जागृत र अद्यावधिक गराउने साझा  सम्पत्ति हो।


कादम्बरीमा रसविधान

प्रस्तुत लेख कादम्बरीमा विद्यमान रस तत्त्वका अध्ययनमा केन्द्रित छ। कादम्बरी सातौँ शताब्दीका बाणभट्ट र पुलिन्दभट्टद्वारा रचित कथाकाव्य हो। संस्कृत काव्यपरम्परामा विकसित कथा विधा आधुनिक विधाविभाजनअनुसार उपन्याससँग करिब मिल्दोजुल्दो छ। यस काव्यमा शिल्पसौन्दर्य र भावसौन्दर्यको असाध्यै राम्रो संयोजन छ। यस अध्ययनको मूल समस्या र विषय भावसौन्दर्य हो। यस सौन्दर्यअन्तर्गत यहाँ रस, भाव, रसाभास, भावाभास, भावोदय, भावसन्धि, भावशबलता र भावशान्तिको विवेचना सोदाहरण गरिएको छ। भावसौन्दर्य अर्थात् अन्तःसौन्दर्यका उत्कृष्ट सत्ताले यस काव्यलाई महनीय बनाएको देखिन्छ।


हर्के तामाङको संस्मरण कथाको समाख्यानशास्त्रीय विश्लेषण

प्रस्तुत लेखमा कथाकार पोषण पाण्डे रचित हर्के तामाङको संस्मरण कथामा समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक कालको  स्वरूपको अन्वेषण गरिएको छ। समाख्यान शास्त्रको सैद्धान्तिक मान्यताभित्रका समाख्यानात्मक वाच्यत्व र समाख्यानात्मक काललाई आधार मानेर यस कृतिको विश्लेषण गरिएको छ। त्यसका लागि आँखीझ्याल कथासङ्ग्रहभित्र सङ्कलित हर्के तामाङको संस्मरण कथालाई प्राथमिक र त्यससँग सम्बन्धित समालोचनात्मक रचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ।


यस धरतीको पानीमा कवितामा बिम्ब

प्रस्तुत अध्ययन कवि विजय मल्लको कविता (२०१६) कवितासङ्ग्रहमा समेटिएको ‘यस धरतीको पानीमा’ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित रहेको छ। बिम्ब साहित्यको आलङ्कारिक अभिव्यक्तिसँग जोडिएको अवधारणा हो। यो सिद्धान्त भाषाशैलीगत पक्षसँग जोडिएको छ। यस अध्ययनमा विजय मल्लको कविता सङ्ग्रहमा निहित यस धरतीको पानीमा कवितालाई विश्लेष्य रचनाका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ।


‘मृत्यु सौन्दर्य’ निबन्धमा मृत्यु चिन्तन

प्रस्तुत लेख मूलतः  मोमिलाको ‘मृत्यु सौन्दर्य’ निबन्धको मृत्यु चिन्तन विषयमा केन्द्रित छ। आधुनिक नेपाली साहित्यको क्षेत्रमा कविताकृतिका साथै दुईवटा निबन्धसङ्ग्रह प्रकाशित गरेर निबन्धकार ठकुरी नेपाली निबन्धका क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन्।  नेपाली आधुनिक निबन्धमा विशिष्ट योगदान पुर्‍याए तापनि उनको निबन्धकारिताको दर्शनको कोणबाट यथेष्ट अनुसन्धान भएको पाइँदैन।


अरुण उपत्यकामा प्रचलित नेपाली लोकगीतमा प्रयुक्त लोकतत्त्व

अरुण उपत्यकामा सङ्खुवासभा, भोजपुर र धनकुटा जिल्लाका केही स्थानीय तहहरू पर्दछन्। यस उपत्यकाको केन्द्र तुम्लिङटार हो। लोकगीतले सम्पन्न यो उपत्यकामा प्रचलित अनेकौँ भाका विश्वका नेपालीहरू माझ प्रिय रहेका छन्। आदिम समयदेखि जनजिब्राका माध्यमबाट मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोकगीतहरू लोकका साझा सम्पत्ति हुन्। सबै लोकसमाजमा परम्परादेखि प्रचलनमा रहेका अनेक रूढतत्त्वहरू विद्यमान रहेका हुन्छन्।


न्यायदर्शने छलपदार्थः

न्यायदर्शने षोडश पदार्था उरीक्रियन्ते विविच्यन्ते च। तत्र चतुर्दशपदार्थश्छलम्। यद्यपि वादमवलम्बमानेषु शास्त्रेषु छलविवचेनं नापेक्षितमेव, किंवा तत्त्वज्ञानार्थं  छलस्य साक्षादुपयोगिता नास्ति, अथापि जाल्पिकेन वैतण्डिकेन वा छलादौ प्रयुक्ते तत्खण्डनपुरस्सरं शास्त्राभिप्रायसंरक्षणाथंर् वादिनश्छलादेर्ज्ञानमपेक्षितमिति। एतावता वादक्रमे तत्त्वजिज्ञासुः स्ववाक्ये छलं परिवर्जयेत्, जाल्पिकेन वैतण्डिकेन च छलप्रयोगपुरस्सरं सत्सिद्धान्तो न व्याहन्येत, तेन प्रयुक्तं छलं वाद्यपि ‘छलमनेन प्रयुक्तम्’ इति च जानीयात्।


ग्रहबलपरिचयः साधनोपायश्च

ज्योतिषशास्त्रे स्थानदिक्कालनिसर्गचेष्टादृक्भेदैःमुख्यरूपेण  षड्बलानि भवन्ति। ते ग्रहबल नाम्नापि व्यवहृयन्ते।  ग्रहा निजोच्चमित्रगृहगे नवांशके वा भवन्ति तदा स्थानबलं कथ्यते। लग्ने बुधगुर्वो दशभे सूर्यभौमौ सप्तमे  शनिः चतुर्थे चन्द्रशुक्रौ दिग्बलिनो भवन्ति। निशायां चन्द्रकुजसौरा दिने सूर्यगुरुशुक्राः बुधः सर्वदा कालबलिनो भवन्ति।  क्रूराः कृष्णे सौम्याः शुक्लपक्षे बलिनो भवन्ति। सौम्यायने शुभग्रहा याम्यायने क्रूरग्रहाः  बलिनो भवन्ति।


न्यायदर्शनस्येतिहासः आचार्याश्च

प्राच्यदर्शनेषु अन्यतमदर्शनमिदं न्यायदर्शनम्। महर्षिणा गौतमेन प्रोक्तत्वात् गौतमदर्शनमिति नामान्तरेणापि प्रसिद्धम्। आन्वीक्षिकी, तर्कशास्त्रम्, प्रमाणशास्त्रम्, हेतुशास्त्रं वेति अन्यानि नामान्तराणि अस्य दर्शनस्य। यद्यपि दर्शनस्यास्य प्रणेता महर्षिः गौतमः, अतः गौतमादेव प्रारब्धमिदं दर्शनमिति वक्तुं शक्यम्, तथापि वेदस्मृतिपुराणादिशास्त्रेषु च एतद्दर्शनवर्णिताः विषयाः प्राप्यन्ते, महर्षेः गौतमस्य नामानि च समुपलभ्यन्ते इत्यतः दर्शनमिदमनादि इत्यपि वक्तुं शक्यम्।