पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले अर्धवार्षिक रूपमा प्रकाशित गर्दै आएको पत्रिका लोकदर्पणको प्रकाशन पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसको प्रकाशनका क्रममा देखिएका विभिन्न समस्याहरूलाई यथासम्भव समाधान गर्दै हामी अगाडि बढिरहेका छौँ ।
पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले अर्धवार्षिक रूपमा प्रकाशित गर्दै आएको पत्रिका लोकदर्पणको प्रकाशन पाँचौँ वर्षमा प्रवेश गरेको छ । यसको प्रकाशनका क्रममा देखिएका विभिन्न समस्याहरूलाई यथासम्भव समाधान गर्दै हामी अगाडि बढिरहेका छौँ । यस पत्रिकाको प्रकाशनमा नियमितता ल्याउन र चुस्त स्फूर्त व्यवस्थापन गर्न प्रतिष्ठानद्वारा आगामी अङ्क(वर्ष ५, अङ्क १)देखि लागू हुने गरी मौजुदा सम्पादक मण्डलमा केही जिम्मेवारी परिवर्तन गरी प्रा.डा. सागरमणि सुवेदीज्यूको प्रधान सम्पादकत्वमा देहायबमोजिमको सम्पादक मण्डल गठन गरिएको छ :
प्रधान सम्पादक : प्रा.डा. सागरमणि सुवेदी, नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान
कार्यकारी सम्पादक : सहप्रा.डा. यज्ञेश्वर निरौला, त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्षमी क्याम्पस, काठमाडौँ
सम्पादक : सहप्रा.डा. रघुनाथ नेपाल, नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय विद्यापीठ, दाङ
सम्पादक : उपप्रा. भवानीप्रसाद मिश्र, नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, दाङ
प्रबन्ध सम्पादक : श्री कुमुद अधिकारी, काठमाडौँ
सबैजनाको आ-आफ्नो विशिष्ट योगदानद्वारा आगामी दिनमा लोकदर्पण पत्रिका अनुसन्धानमूलक विज्ञ-समीक्षित पत्रिकाहरूको समूहमा अझ उच्च कोटिको स्थान प्राप्त गर्न सफल हुनेछ भन्ने विश्वास सम्पादक मण्डलले लिएको छ ।
सम्पादक मण्डल