नेपाली डायस्पोराको जीवनबोध : यमपुरीको महल

(वर्तमान नेपाली जीवन विश्वव्यापीकरण तथा भूमण्डलीकरणका कारण विभिन्न ठाउँमा फैलिएको छ। अध्ययन, व्यापार, नोकरी, भ्रमण आदि प्रयोजनमा छरिएका नेपालीका आप्रवासनमा अनेकौँ भोगाइहरू छन्। यी कथाव्यथाहरू नेपाली साहित्यमा उत्रन थालेका छन्। तिनले भोगेका शारीरिक, मानसिक तथा आत्मिक सुखदुःखलाई समेटी होमनाथ सुवेदीले यमपुरीको महल उपन्यास तयार पारेका छन्।