एउटा बूढो बकैनाको रुख कथामा समाख्यानशास्त्र

प्रस्तुत आलेख कथाकार रमेश विकलद्वारा संरचित कथासङ्ग्रह एउटा बूढो भायोलिन आशाबरीको धूनमा (२०२५) मा सङ्ग्रृहित ‘एउटा बूढो बकैनाको रुख’ कथामा समाख्यानको स्थितिको खोजी गर्नमा केन्द्रित रही पूरा गरिएको छ। विकलका कथामा आउने समस्यामूलक यथार्थ र प्रतीकात्मक कथनको विशिष्टतामा आधारित रही एउटा बूढो बकैनाको रुख कथामा प्रयुक्त वाच्यत्वको विश्लेषण गरिएको छ।