‘कठपुतलीको मन’ कथामा लैङ्गिकता

प्रस्तुत लेखमा कथाकार  इन्द्रबहादुर राईद्वारा लिखित ‘कठपुतलीको मन’ कथालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त लैङ्गिकताको अध्ययन र विश्लेषण गरिएको छ। प्रस्तुत कथाले पितृसत्तात्मक समाजव्यवस्था र लैङ्गिकताका आधारमा गरिएको शोषण, दमन, अन्याय, अत्याचारलाई समेटेको छ।