‘लोकदर्पण’ विगत चार वर्षदेखि अर्धवार्षिक प्रकाशनका रूपमा प्रकाशित हुँदै आएको सर्वविदितै छ। सम्पादक मण्डलका सदस्यहरू विभिन्न ठाउँमा, अझ विशेष प्रधान सम्पादक क्यानडामा रहेर पनि आधुनिक प्रविधिको प्रयोग गर्दै टेलिकन्फरेन्सिङ मार्फत् वर्तमान सम्पादक मण्डलले काम गरिरहेको थियो/छ।
‘लोकदर्पण’ विगत चार वर्षदेखि अर्धवार्षिक प्रकाशनका रूपमा प्रकाशित हुँदै आएको सर्वविदितै छ। सम्पादक मण्डलका सदस्यहरू विभिन्न ठाउँमा, अझ विशेष प्रधान सम्पादक क्यानडामा रहेर पनि आधुनिक प्रविधिको प्रयोग गर्दै टेलिकन्फरेन्सिङ मार्फत् वर्तमान सम्पादक मण्डलले काम गरिरहेको थियो/छ। तर भौतिक दूरी र समयको भिन्नता तथा अन्य विविध कारणले लोकदर्पण समयमै प्रकाशित हुन कठिनाइ भइरहेको छ। यसमा लेखकहरू स्वयम्को र समीक्षा गर्ने विज्ञहरूको कार्यव्यस्तता पनि कारक रहेको सम्पादक मण्डलले महसुस गरेको छ। पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान गैरनाफामूलक संस्थाका रूपमा दर्ता भइसकेको छ। वर्तमान सम्पादक मण्डलमा रहनुभएका तीन जना सदस्यहरू, डा. हरिशरण लुइटेल, भवानीप्रसाद मिश्र र कुमुद अधिकारी उक्त संस्थासँगसमेत आबद्ध हुनुभएका कारण लोकदर्पणको सम्पादनका लागि पर्याप्त समय दिन कठिनाइ भइरहेको छ। त्यसै गरी प्रधान सम्पादक क्यानडामा रहनुभएकाले सम्पादनसम्बन्धी कार्य गर्न असजिलो भएको सम्पादक मण्डलले महसुस गरेको छ। यिनै कारणहरूलाई सम्बोधन गर्नका लागि पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानले लोकदर्पणको नवौँ अङ्कदेखि लागू हुने गरी वर्तमान सम्पादक मण्डलको जिम्मेवारी हेरफेरका साथ नयाँ सम्पादक मण्डलको चयन गरी कार्य अगाडि बढाउने निश्चय गरेको छ। पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानबाट लोकदर्पणको नियमित प्रकाशनका लागि क्यानडामा रहनुभएका वर्तमान सम्पादक मण्डलका प्रधान सम्पादकबाट आवश्यक संसाधनको व्यवस्था भइरहने छ भने नयाँ सम्पादक मण्डलले लोकदर्पणको सम्पादन कार्यलार्इ यथासमय नियमित रूपमा सम्पन्न गर्ने छ। शुभमस्तु।