चार्वाक दर्शन र यसले देखाएको बाटो

भारतीय दर्शनहरू सामान्यतया दुई वर्गहरूमध्ये एउटामा पर्दछन्- आस्तिक वा नास्तिक । ईश्वरमा आस्था राख्नेहरूलाई आस्तिक भनिन्छ भने आस्था नराख्नेहरू नास्तिक हुन्। आस्तिकहरूले स्वर्ग, नर्क, र पुनर्जन्ममा समेत विश्वास गर्दछन् तर नास्तिकहरूले भने गर्दैनन्।