‘मने र मुन्नी’ कथामा ध्वनि

‘मने र मुन्नी’ कथामा ध्वनिको पहिचान गर्ने उद्देश्यमा केन्द्रित यस लेख दस्ताबेजको विश्लेषणमा आधारित गुणात्मक ढाँचामा आधारित छ। पुस्तकालयीय अध्ययनको प्रयोग गरिएको र निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा संस्कृत काव्यशास्त्री आनन्दवर्द्धनलगायतले प्रतिपादन र विकसित गरेको ध्वनि सिद्धान्तलाई सैद्धान्तिक पर्याधार बनाइएको छ।