साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य

महेन्द्र भण्डारी[1] लेखसार ‘साहित्यिक सिर्जनात्मक विधाको स्वरूपगत साम्य–वैषम्य’ शीर्षकको प्रस्तुत लेखमा साहित्यका कविता, आख्यान, नाट्य र निबन्ध जस्ता साहित्यिक सिर्जनात्मक विधाका प्रमुख विधाको स्वरूप र ती विधाबिचको साम्य–वैषम्यको अध्ययन गरिएको छ। यस लेखमा साहित्यिक विधाको स्वरूप र साम्य वैषम्यको मापन गर्न सम्बन्धित विधाहरूको सैद्धान्तिक पर्याधार दिई त्यसका आधारमा निष्कर्ष निकालिएको छ। प्रस्तुत लेखका लागि आवश्यक […]