प्राच्य वाङ्मयमा शक्तितत्त्व र उपासना

प्राच्यवाङ्मयको मूल आधारको रूपमा रहेको वेदको  व्याख्याका रूपमा स्मृति, इतिहास र पुराणहरूलाई लिइएको छ । वेदाङ्गहरू पनि श्रुतिको तात्पर्य बुझ्नमा सहयोगी हुन्छन् । शक्तितत्त्वको चिन्तन वेद, वेदाङ्ग, स्मृति, इतिहास, पुराण आदिमा भिन्न-भिन्न प्रकारले भएको पाइन्छ । दार्शनिकहरूले पनि शक्तितत्त्वको चिन्तनलाई आफ्नो विचारभूमिमा महत्त्वपूर्ण स्थान दिएका छन् ।