काव्यशास्त्रीय दृष्टिमा “स्वप्नवासवदत्तम्‌” नाटक

यस लेखमा संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासद्वारा लेखिएको स्वप्‍नवासवदत्तम् नाटकको काव्यशास्त्रीय दृष्टिमा विवेचन गरिएको छ। काव्यमा हुनुपर्ने अत्यावश्यकीय कथावस्तु, चरित्रचित्रण, द्वन्द्व, अलङ्कार, रस आदि महत्त्वपूर्ण तत्त्वहरूका आधारमा प्रस्तुत नाटकको समीक्षा यस लेखमा प्रस्तुत गरिएको छ।