Volume 2 Issue 1 - Lokdarpan
- Pandit Shree Loknath Luitel
- May 25, 2022
- Lokadarpan Volume 2 Issue 1
Share on FacebookTweetSave
स्वस्तिवाचन (मङ्गलकामना)
हरिः ॐ आनो भद्द्रा: क्क्रतवो यन्न्तु व्विश्वतो दब्धासोऽअपरीतासऽउद्भिद÷ ।
देवा नो यथा सदमृद्विधेऽ असन्नप्रायुवो रक्षितारो दिवेदिवे ।।१।।
सम्पादकीय
वर्तमान समयमा संसारभरि चलनचल्तीमा रहेका भाषाहरूको ऐतिहासिक सिंहावलोकन गर्दा बीसौँ शताब्दीको मध्यसम्म अङ्ग्रेजी बाहेक अन्य भाषाहरूमा हुने गरेका अध्ययन, अध्यापन तथा शिक्षामूलक प्रकाशनहरू सामान्य रूपमा लिने गरिन्थ्यो। दोस्रो विश्वयुद्ध पछिको समय अवधिमा भने यसमा परिवर्तन आएको छ। खास गरी अमेरिका तथा बेलायतका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय जगतमा बढ्दो वर्चस्वको फलस्वरूप अङ्ग्रेजी भाषा सर्वसाधारणहरूका लागि आफ्नो विज्ञता देखाउने […]
प्रमाणका बारेमा न्याय एवम् विशिष्टाद्वैत दर्शनको अवधारणा
ज्ञाताले ज्ञेय वस्तुलाई यथार्थ रुपमा जान्नका लागि प्रमाण तत्त्वको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले सबै दार्शनिकहरुले स्वनिश्चित सिद्धान्तलाई स्थापित गर्न प्रमाणको अनिवार्यता बुझेर त्यसको चिन्तन कुनै न कुनै रुपमा गरेका छन् ।
बौद्धमाध्यमिक मतको विवेचन
बुद्धोपदेशका रूपमा रहेका महायानसूत्रहरूमा रहेका शून्यता सम्बन्धी र मध्यम मार्गको अनुसरण सम्बन्धी अवधारणाहरूलाई समेटेर माध्यमिक दर्शनको स्थापना गर्ने प्रथम आचार्य नागार्जुन हुन् । नागार्जुनले यस सिद्धान्तको स्थापना माध्यमिककारिका नामक ग्रन्थमा गरेका छन् । नागार्जुनपछि माध्यमिक दर्शनको विकासमा आर्यदेव, बुद्धपालित, भावविवेक र चन्द्रकीर्तिको विशेष योगदान रहेको छ ।
बौद्धदर्शनमा भूमि सिद्धान्तको प्रयोग
बुद्धका उपदेशको अनुसरण गरी बौद्धदर्शन विभिन्न सम्प्रदायको रूपमा संसार भरी फैलिएको छ। बौद्धदर्शनमा आर्यसत्य, अष्टाङ्गी मार्ग, प्रतीत्यसमुत्पाद, अनित्यता, अनात्मता, मध्यममार्ग, निर्वाण, शून्यता, दशभूमि आदि विभिन्न सिद्धान्तहरू प्रचलित छन्। महायानको मुख्य उद्देश्य भनेकै बुद्धत्व लाभ गरी संसारका सबै प्राणीहरूको दुःख मोचन गरेर शान्ति र सुखको प्राप्ति गराउनु हो।
प्राच्य वाङ्मयमा शक्तितत्त्व र उपासना
प्राच्यवाङ्मयको मूल आधारको रूपमा रहेको वेदको व्याख्याका रूपमा स्मृति, इतिहास र पुराणहरूलाई लिइएको छ । वेदाङ्गहरू पनि श्रुतिको तात्पर्य बुझ्नमा सहयोगी हुन्छन् । शक्तितत्त्वको चिन्तन वेद, वेदाङ्ग, स्मृति, इतिहास, पुराण आदिमा भिन्न-भिन्न प्रकारले भएको पाइन्छ । दार्शनिकहरूले पनि शक्तितत्त्वको चिन्तनलाई आफ्नो विचारभूमिमा महत्त्वपूर्ण स्थान दिएका छन् ।
संस्कृत र नेपाली भाषामा कर्ता कारक
कारक संस्कृत भाषाको उपज हो। नेपाली भाषा पनि संस्कृत भाषाकै दरसन्तान हो। पूर्वजहरूको संस्कार दरसन्तानमा आए झैँ संस्कृत भाषाको प्रभाव नेपाली भाषामा जबर्जस्त परेको पाइन्छ। नेपाली व्याकरणका कारकको जननी पनि संस्कृत व्याकरण नै हो, पाणिनिकै अष्टाध्यायी हो। अष्टाध्यायी संस्कृत व्याकरणको आधिकारिक ग्रन्थ हो। संस्कृत व्याकरण जगत्मा अरू प्रशस्त वैयाकरणहरू छन्।
काव्यशास्त्रीय दृष्टिमा “स्वप्नवासवदत्तम्” नाटक
यस लेखमा संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासद्वारा लेखिएको स्वप्नवासवदत्तम् नाटकको काव्यशास्त्रीय दृष्टिमा विवेचन गरिएको छ। काव्यमा हुनुपर्ने अत्यावश्यकीय कथावस्तु, चरित्रचित्रण, द्वन्द्व, अलङ्कार, रस आदि महत्त्वपूर्ण तत्त्वहरूका आधारमा प्रस्तुत नाटकको समीक्षा यस लेखमा प्रस्तुत गरिएको छ।
उपन्यासकार ध.च. गोतामेको घामका पाइलाहरु उपन्यासका विशेषता
ध.च. गोतामे नेपाली साहित्यका चर्चित उपन्यासकार हुन्। वास्तविक नाम धनुषचन्द्र गौतम भएका यिनको जन्न्म वि.सं. १९८९ मा जनकपुरको मनराकट्टीमा भएको थियो भने निधन वि.सं. २०६३ सालमा काठमाडौँमा भएको थियो।
ज्योतिषशास्त्र र यसको वैज्ञानिकता
वेदपुरुषको चक्षुःको रूपमा रहेको ज्योतिषशास्त्र विभिन्न तर्क र प्रमाणका आधारमा वैज्ञानिक विषय हो भन्ने कुरा सिद्ध भएको छ । त्यसैले यहाँ विभिन्न पूर्वाचार्यहरूको कथनलाई प्रस्तुत गरी ज्योतिषशास्त्रको प्रामाणिकता प्रस्तुत गर्न खोजिएको छ । अतः प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यस्य साक्षिणौ जस्ता वचन प्रसिद्ध भएका हुन् ।
बुद्धचरितमहाकाव्यस्योपमासौन्दर्यम्
संस्कृतमहाकाव्यपरम्परायां सरलायां प्रसादगुणगुम्फितायां वैदर्भीरीतिसंवलितायां काव्यसरण्यां बुद्धचरितमहाकाव्यं महतादरेण चर्च्यते । अस्य महाकाव्यस्य प्रणेता महाकविरश्वघोषो भिक्षुर्बाैद्धधर्मदर्शनयोर्व्याख्याता कुशलः साहित्यस्रष्टा चासीत् ।
अभिज्ञानशाकुन्तलनाटकस्य चतुर्थाङ्केऽभिव्यक्ता रसभावाः
विख्यातस्य महाकवेः कालिदासस्य कृतिरभिज्ञानशाकुन्तलनाटकं रसमाधुर्या मर्मस्पृशां भावानां तदुपस्स्कारकाणामलङ्काराणां प्रसादगुणसंबलिताया वैदर्भीरीत्याश्च योगेन विश्वसाहित्य एव समुत्कृष्टं मन्यते । अस्य नाटकस्य चतुर्थोऽङ्कस्तत्राप्याधिक्येन रमणीयतरो मन्यते । तस्मिन् चतुर्थाङ्के के रसभावा व्यज्यन्त इत्यस्मिन् विषये बहवो मतभेदा दृश्यन्ते ।
वास्तुशास्त्रस्य लोकोपयोगिकत्वम्
वासस्थानं वास्तु भवति । जनाः स्वकीयं निवासस्थानं बाह्याभ्यन्तरप्रकारद्वयेन यथासम्भवं सुमनोहरं कुर्वन्ति कारयन्ति च । बाह्यसंरचनायां गृहस्य परिधिः समुच्चयो विस्तार इत्यादयो विषयाः समागच्छन्ति चेदाभ्यन्तरसंरचनायां गृहस्य कार्यानुसारेण शयनभोजनादयो विभागाः द्वारस्थापनादयो विषयाश्च समागच्छन्ति ।
ज्योतिषशास्त्रे विदेशगमनयोगः
अस्मिन् जगति मानवजातीनां व्यवहारिकविकासेन सह सांस्कृतिक-मानविक-वैज्ञानिक-दार्शनिकाध्यात्मिक इत्यादिविचाराणां मूलाधाररूपं वेदं मन्यते। वेदेषु धर्म-संस्कार-ज्ञान-दर्शन-कलादयो विषयाः सूक्ष्मरूपेण अन्तर्निहिताः सन्ति। शास्त्रेषु वेदोऽपि पुरुषरूपेण परिचीयते तेन वेदः सावयवो विद्यते।
दशकुमारचरितकाव्यस्य सङ्क्षिप्तं समीक्षणम्
दशकुमारचरितस्य मूलरचयिता दण्डी विद्यते । अस्य काव्यस्य कथावस्तु कविकल्पितं वर्तते । अस्य काव्यस्य वस्तु बहुविषयात्मकमस्ति । पात्रबाहुल्यं दृश्यते काव्येऽस्मिन् । बहुनायकं विद्यते काव्यमिदम् । यद्यपि दशकुमारचरितं चरित्रप्रधानमस्ति किन्तु काव्यसौन्दर्यदृशापि काव्यमिदमुल्लेख्यमस्ति ।
अभिज्ञानशाकुन्तलस्य प्राकृतिक दिग्दर्शनम्
प्रस्तुतोऽयमालेखो महाकवेः कालिदासस्य प्रकृतिसॏन्दर्यवर्णनेऽभिरुचिसूचनपरको वर्तते । अनेन महाकवेः प्रकृतिप्रियता ज्ञायते । अये मित्र यदि त्वं वासन्तीतारुण्या मनोहरपुष्पस्य ग्रीष्मतुल्यप्रौढावस्थाया: प्रचुरोत्तमोत्तमफलं प्राप्तुमीहसे, आत्मनः प्रभावशालिनीं सामग्रीमेकत्रैव प्राप्तुमिच्छसि तर्हि शाकुन्तलं सेव्यताम् इति शाकुन्तलसेवनेन स्वर्लोकभूलोकयोरात्मच्छान्तिः समृद्धिश्च प्राप्स्यसि ।