पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठानद्वारा विद्वत्सम्मान तथा दुईओटा ग्रन्थ लोकार्पण समारोह सम्पन्न
पण्डित श्री लोकनाथ लुइटेल स्मृति प्रतिष्ठान, धरानले यही २०८० श्रावण ३२ गते शुक्रबार विद्वत्सम्मान तथा ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । धरानको गीता भवनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व-शिक्षाध्यक्ष, पौरस्त्य वाङ्मयका साधक, ९६ वर्षीय पण्डित श्री पुरूषोत्तम भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. नारायणप्रसाद शर्मा कट्टेल, विशिष्ट अतिथि प्रा.डा. [...]
बहुविषयात्मक, अनुसन्धानमूलक, विज्ञसमीक्षित लोकदर्पण पत्रिकाको लोकार्पण तथा देवनागरी लिपिमा लेखिने अनुसन्धान शैलीको अवधारणा पत्रको प्रस्तुतिरूप अनुसन्धान गोष्ठी सम्पन्न
२०८० श्रावण ३१ गते नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडैामा पं. श्रीलोनाथ लुइटेल स्मृतिप्रतिष्ठानले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेज्यूको प्रमुख आतिथ्य, प्रा.डा. माधव प्रसाद पोखरेल, प्रा.डा. गोविन्दराज भट्टराइ, त्रि.वि. का शिक्षाध्यक्ष, त्रि वि अनुसन्धान निर्देशनालयका निर्देशकलगायत विशिष्ट अतिथिहरूको सान्निध्य, विभिन्न क्याम्पसहरूका प्राध्यापकज्यूहरू, अनुसन्धाताहरूको सहभागितामा प्रतिष्ठानद्वारा अर्धवार्षिक रूपमा प्रकाशित हुँदै गरेको बहुविषयात्मक, अनुसन्धानमूलक, विज्ञसमीक्षित लोकदर्पण [...]